होटल नखोलिने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना - Pahilo Online

होटल नखोलिने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना

writer

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला त्यसबाट बच्न मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा होटल नखोल्ने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहकार्यमा नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा स्थानीय होटल व्यवसायीहरुसँग बैठक बसी त्यसखाले निर्णय गरिएको हो ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित होटल व्यवसायी संघका प्रतिनिधिहरुसँग छलफल गरी हालसम्म सरकारले होटल सञ्चालन खुला नगरेको अवस्थामा नगरका होटल समेत सञ्चालन नगर्न जानकारी गराइएको पथरी प्रहरी प्रमुख डीएसपी दिलीप गिरीले बताए । बसेर खानका लागि होटल खुला नगर्ने तथा आवश्यक परे प्याकिङ खाना, नास्ता मगाएर खान सकिने उल्लेख भएको उनले जानकारी गराए ।होटल नखोल्न तथा मास्क लगाएर मात्र हिँडडुल गर्न स्थानीयलाई जानकारी गराउन बिहिबार बजारहरुमा माइकिङ गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes