खोलाले बगाएर १ को मृत्यु १ बेपत्ता - Pahilo Online

खोलाले बगाएर १ को मृत्यु १ बेपत्ता

writer

झापा । संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका ४ बस्ने ३० बर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ । बुधवार दिउँसो २ बजेको समयमा श्रीमती र अन्य साथीहरुसंगै दहिझोडा सामुदायिक वन तर्फ गएका राई बाटोमा रहेको डुबे खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको हो ।

खोलाले बगाएका राईलाई संगै गएका साथीहरुले नै मृत अवस्थामा उद्धार गरी प्रहरीमा खबर गरे संगै प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी झापाकै कन्काई नगरपालिका ४ का २७ बर्षीय कमल मुखिया माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । बुधवार दिउँसो सवा ३ बजे उक्त खोलाबाट दाउरा निकाल्ने क्रममा राई बेपत्ता भएको र निजको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes