गोर्खा वेलफेयर ट्रष्टबाट स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान - Pahilo Online

गोर्खा वेलफेयर ट्रष्टबाट स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान

writer

पथरी शनिश्चरे । गोर्खा वेलफेयर ट्रष्ट धरानले मोरङको पथरी शनिश्चरे नगरका लागि कोरोना भाइरसको संक्रमणबाट बच्ने स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान गरेको छ ।

ट्रष्टका दमकस्थित सिनियर वेलफेयर एरिया अफिसर पुनेन्द्र लिम्बू र ट्रष्टका धरानका रुद्र लिम्बूले बुधबार नगर प्रमुख दिलीपकुमार राई, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडल सहितलाई सामग्री हस्तान्तरण गरे ।

नगरले पथरी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टिनका लागि हातधुने पानीका सामग्री तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पीपीइ सेट, सर्जिकल मास्क, एन नाइन्टिफाइभ मास्क, रबर ग्लोब्स, हाइजेनिक किट सहित १५ प्रकारका सामग्री प्रदान भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes