जन्मदिनमा ३ युवाद्वारा सरस्वती स्कुललाई नगद सहयोग  - Pahilo Online

जन्मदिनमा ३ युवाद्वारा सरस्वती स्कुललाई नगद सहयोग 

स्थानीय कृषकलाई बिरुवा वितरण

writer

 

कानेपोखरी । कानेपोखरी गाउँपालिका-०६ का ३ जना समाजसेवी, युवा व्यवसायीहरु सन्तोष फुयाल, मनोज अधिकारी र किशोर भट्टराईले आफ्नो जन्मदिनको शु-अवसरपारी बुधबार सरस्वती आधारभूत बिद्यालय कानेपोखरी-०६ लाई आर्थिक सहयोग गरेका छ्न। सन्तोष फुयालले खानेपानीको सुबिधाका लागि १५ हजार र स्कुलका लागि ६ हजारसहित २१ हजार, किशोर भट्टराईले ६ हजार र मनोज अधिकारीले २ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन।रकम सहयोग संगसगै जन्मदिन मनाउने जेसिसका पदाधिकारी सन्तोष फुयाल र मनोज अधिकारीले स्थानीय कृषकलाई ६ सय बोट अमला र बेलका विरुवाहरु वितरण गरेका छ्न।

जन्मदिन मनाउने ३ जनालाई स्कुलको तर्फबाट भव्य कार्यक्रमको आयोजनागरि शुभकामना ज्ञापन गरिएको थियो। कार्यक्रममा स्कुलका शिक्षकहरु, पुर्वविद्यार्थीहरु, व्यवस्थापन समितिका पदाधिकारीहरुलगायत स्थानीयको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै सन्तोष फुयालले जन्मदिन विशेष भएको र अगामि दिनमा पनि यसखाले उदाहरणिय सहयोग निरन्तर गर्ने बताए। स्कुलका प्रधानाध्यापक चन्द्र मगरले बिगतमा भएको गल्ती स्विकार्दै आगामी दिनहरुमा विद्यार्थीको शैक्षिक गुणस्तरमा कुनै कन्जुस्याइँ नगर्ने बताउदै सम्पुर्ण सहयोगीलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि यस्ताखाले सहयोगको आशा रहेको बताए ।

२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको गुणस्तर सुधार र भौतिक पूर्वाधार स्तरोन्नति गर्न भूतपुर्व विद्यार्थीहरू संगसगै बिद्यालयसंग सम्बन्धित व्यक्तीहरु लागि परेपछि अहिले स्कुलको मुहार परिवर्तन भएको छ।कार्यक्रमको संचालन व्यवस्थापन समितिका अध्यक्ष विवेक लिम्बुले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes