२१० जनामा कोरोना सङ्क्रमण, १४६ जना डिस्चार्ज - Pahilo Online

२१० जनामा कोरोना सङ्क्रमण, १४६ जना डिस्चार्ज

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ५८ हजार तीन सय ४४ जनाको कोरोना परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय तीन जनाको विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes