सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ गणेश राईको घरमा तास खेलि रहेका ४ जनालाई ठुलो परीणामको नगद सहित पक्राउ गरिएको छ । राईको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा सोताङ गाउँपालिका ४ का ३७ बर्षीय दुर्गा प्रसाद राई, सोताङ गाउँपालिका २ का ३४ बर्षीय दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका ७ का २९ बर्षीय दिपक राई र ३२ बर्षीय फ्रेमराज राईलाई पक्राउ गरेको हो ।
तासको खालबाट प्रहरीले नगद १४ लाख ६५ हजार र ३४ बर्षीय दुर्गा प्रसाद राईको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरी ३ थान चेकमा ८ लाखको दरले र १ थान चेकमा ५ लाख रुपैयाँ लेखी सही गरेको ४ थान चेक (२९ लाख) समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



