कल्भडमा आएको बाढीले बगाएर १ जनाको मृत्यु - Pahilo Online

कल्भडमा आएको बाढीले बगाएर १ जनाको मृत्यु

writer

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका ५ का ३५ बर्षीय कर्ण बहादुर राई मृत फेला परेका छन् । श्रावण १२ गते धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका ३ सिसौली टप्पु गएका राई श्रावण १३ गते राती ८ बजे प्रदेश १–०२–००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा उक्त कल्भडमा बाढी आएको देखि चालकलाई गाडी रोक्न लगाई गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा अचानक बाढीले बगाउदा बेपत्ता भएका थिए ।

राई बेपत्ता भएको खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ बजे बगाएको स्थान भन्दा करिव ५०० मिटर दक्षिण मृत अवस्थामा फेला पारिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes