संखुवासभामा जताततै पहिरोको प्रभाव, सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुट्यो - Pahilo Online

संखुवासभामा जताततै पहिरोको प्रभाव, सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुट्यो

writer

संखुवासभा । लगातारको वर्षाका कारण आएको बाढीले संखुवासभाका धेरै क्षेत्रका स्थानमा क्षति पु¥याएको छ। पहिरोले सदरमुकाम खाँदबारीमा रहेको कारागारको भवन पनि उच्च जोखिममा परेको छ। कारागार प्रमुख विनोद अधिकारीका अनुसार भवनको माथिल्लो भाग र तल्लो भाग दुवैतिर पहिरोले तान्न थालेको छ।

कारागारको तल्लो भागको चेक पोष्ट र खाना पकाउने मेस घर समेत जोखिममा परेको उनले बताए। मेस नजिकै र कारागारको तल्लो भाग बग्न थालेको छ। खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठामा सोमबार राति पहिरोले एक घर पुरिँदा शान्तिबहादुर खत्री गम्भीर घाइते भएका छन्। उनलाई स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको वडाध्यक्ष दयानिधि बरालले बताए।

लगातारको वर्षाले खाँदबारी–९ मा रहेको तुम्लिङटार बजार समेत डुबानमा परेको छ। तुम्लिङटार बजार क्षेत्रका माटो र ढुंगाले बनेका कच्चीघर भएका कारण घर भत्किएका छन्। पानीले विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र समसेर मगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए। पहिरोले ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी ३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

भोटखोला जाने सडक अवरुद्ध पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड १५ दिनदेखि अवरुद्ध छ। उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए। मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अबरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख श्रेष्ठले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes