ठेकेदार कम्पनीले समयमै काम नसक्दा टेलिकमको करोडौंको सामान अलपत्र - Pahilo Online

ठेकेदार कम्पनीले समयमै काम नसक्दा टेलिकमको करोडौंको सामान अलपत्र

writer

 

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण ठेकेदार कम्पनीले समयमै नसक्दा करोडौँको सामान अलपत्र अवस्थामा रहेको छ । ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले समयमै काम नसक्दा करोडौँको सामान अलपत्र बनेको हो । गाउँपालिकाको वडा नम्बर ३, च्याङ्गे्रको चाम्ताङ स्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको कम्पनीले सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन नसकेको स्थानियले बताएका छन् ।

टावर सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा सुचनाको पहुँचबाट बञ्चित भएका हुन् । कम्पनीले करोडौँको सामान ल्याएर जडान नगर्दा सिंगो पौवादुङमा गाउँपालिकाबासी र आसपासका अन्य क्षेत्र सुचना र सञ्चार सेवाबाट प्रभावित बनेका छन् । ‘टेलिकमको टावरको सामान वर्षौदेखि त्यतिक्कै छ, गाउँमा नेटवर्क नै टिप्दैन, टेलिफोन गर्न डाँडातिर जानुपर्छ’ स्थानीय राम मगरले दुखेसो गरे ।

टेलिकमको टावर राख्ने कुरामा ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले कुनै चासो लिएको छैन । तत्कालिन समयमा उपकरण जडानका लागि भारतबाट ल्याईएका कामदारले सोलारसेट मात्रै जडान गरेर हिँडे पछि काम सम्पन्न हुन नसकेको नेपाल टेलिकमका केन्द्रिय प्रबन्धक सुजितानन्द मल्लले बताए । उनका अनुसार ठेकदार कम्पनीले भारतबाट दक्ष कामदारलाई ल्याएर बस्ने, खाने राम्रो प्रबन्ध उपलब्ध भएमात्र काम अघि बढाउने तयारी गरेको बुझिएको छ । कम्पनीले कोभिड १९ का कारण काम गर्न नसकिएको उनले बताए ।

यता नेपाल टेलिकम भोजपुर शाखाले भने टावर निर्माण सम्बन्धि बेखबर रहेको बताएको छ । जिल्लामा सञ्चालित सबै सेवा सञ्चारमा टेलिकमले निगरानी र प्राविधिक सहयोग गरेपनि उक्त टावर अलपत्र रहेकोमा कुनै जानकार नभएको नेपाल टेलिकम भोजपुर शाखा प्रमुख रामसेवक यादवले बताए । उनले कम्पनीले काममा ढिलाई गरेको पनि जानकारीमा नआएको सुनाए ।

सम्बन्धित ठेकेदार कम्पनीले टावर सुचारु गरिदिए सञ्चार सेवाबाट लाभान्वित हुनेमा गाउँबासी आशावादी देखिन्छन् । सेवा सुचारु गरिए नेटवर्कको पहुँचबाट सहजता पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनले टावरका सम्पूर्ण काम सम्पन्न गर्न सम्बन्धित कम्पनीसंग पहल भईरहेको बताए । जिल्लामा अहिले १९ वटा नेपाल टेलिकमको टावर सञ्चालनमा छन् । ७ वटा टावर विविध प्राविधिक समस्याले सञ्चालनमा आउने नसकेको नेपाल टेलिकम भोजपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes