धरान । धरान उपमहानगरपालिका–३ स्थित धरानको पालिका तरकारी बजारमा सोमबार विहान आगलागी भएको छ । विहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्णरुपमा नियन्त्रणमा लिएका लिएका थिए ।
पालिका तरकारी बजारमा भएको आगलागीमा परेर ११ भन्दा बढी पसल जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । फलफुल कस्मेटिक सामान जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।



