विराट नर्सिङ्ग होमका चार नर्समा कोरोना संक्रमण - Pahilo Online

विराट नर्सिङ्ग होमका चार नर्समा कोरोना संक्रमण

writer

मोरङ । विराटनगरमा रहेको विराट नर्सिङ होममा कार्यरत चारजना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पुष्टि गरिदिएका हुन् ।

गत मंगलबार अस्पताल सञ्चालक तथा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएको थियो । डा. कार्कीलाई संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ्गमार्फत सर्म्पकमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरू मध्ये चार नर्समा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

अन्यको रिपोट नेगेटिभ छ । ‘पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘दोस्रो चरणमा १६९ जना स्वाब लिएको हो ।’ स्वाब संकलन गरिएको मध्ये चार जना नर्समा कोरोना देखिएपछि उनीहरूको सम्र्पकमा रहेका २६ जना सम्र्पकमा रहेको कन्ट्रयाक टेसिङ्ग मार्फत देखिएकोेल स्वाब संकलन गरिने तयारी गरिएको कार्कीले जानकारी दिए । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी विराट नर्सिङ होममा आङसिक रुपमा कार्यरत थिइन । उनी गाइनो विभागकी नर्स हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles