लेक लागेर किशोरीको मृत्यु - Pahilo Online

लेक लागेर किशोरीको मृत्यु

writer

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्काम निवासी एक किशोरीको शनिबार दिउँसो लेक लागेर मृत्यु भएको छ। साउन ४ गते साथीहरूसँग सोही गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने धार्मिकस्थल पाँचपोखरीमा पसल राख्न हिँडेकी १९ वर्षीया भवि कुमारी कुलुङको लेक लागेर मृत्यु भएको हो। वडा नम्बर ३ को वक्तमेलवा भन्ने स्थानमा क्याम्प बनाएर बसेको समयमा उनलाई लेक लोगेपछि घरतर्फ झार्ने क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए।

घटनास्थलमा प्रहरी चौकी छेस्कामको टोली पुगिसकेको र कानुन प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ। भौगोलिक हिसाबले विकट मानिने घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट २ दिन लाग्छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes