पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्यो - Pahilo Online

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्यो

writer

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । नयाँ संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । त्यस्तै २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको हो । शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।

मुलुकका विभिन्न अस्पतालमा ४ हजार ७५ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८५ रहेको छ । कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes