पथरी शनिश्चरेको ८ मा आगामी योजनाबारे जानकारी - Pahilo Online

पथरी शनिश्चरेको ८ मा आगामी योजनाबारे जानकारी

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे ८ ले आर्थिक २०७७/७८ वर्षभरीका योजनाका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । वडाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वर्षका योजना र चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमका बारेमा जानकारी गराएको हो । गत वर्ष नगरको सिलिङ बजेट १ करोड थियो । सो बजेटबाट ९७ प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष बाबुराम दाहालले जानकारी दिए । सतप्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ लागि परेको भएता पनि कोरोनाको कहर लामो समयसम्मको बन्दाबन्दीका कारण ३ प्रतिशत योजना तथा कार्यक्रम सञ्चालन नै गर्न नपाएको दाहालले बताए ।

गत वर्ष भौतिक पूर्वाधार तर्फ ६० लाख ५० हजार, सामाजिक विकास तर्फ १८ लाख ५० हजार, कृषि तर्फ ५ लाख, लक्षित कार्यक्रम तर्फ ६ लाख, सिंचाइ र पैनी तर्फ ३ लाख, मठमन्दिर तर्फ २ लाख र कार्यालय व्यवस्थापन तर्फ ५लाख रुपैँयाको योजना तथा कार्यक्रम रहेको थियो । सो मध्ये जेष्ठ नागरिक, आदिवासी जनजाती र दलित तर्फको कार्यक्रम सञ्चालन नभएको दाहालले बताए ।

यस बाहेक नगरका योजनाहरु पनि रहेका छन् । नगरका ७ वटा योजना मध्ये ३ वटा योजनाको काम भइरहेको छ भने १ वटा योजनाको फस्यौट गर्न बाँकी रहेको छ । दोहोलु शुक्रबारे सडक कालोपत्रे १ करोड २५ लाख, ८ नं. वडा कार्यालय भवन निर्माण ४७ लाख १७ हजार ३३९ र वडा नं. ८ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको काम भइरहेको दाहालले जानकारी दिए । दुर्गा आधारभूत विद्यालयको कम्पाउण्ड वाल र गेट १ लाख ५० हजारको काम भने फस्यौट गर्न बाँकी रहेको अध्यक्ष दाहालले बताए । विपन्न परिवार घर मर्मत १ लाख बराबरको कार्यक्रम पनि संचालन नभएपछि चालु आर्थिक वर्षमा सोही शीर्षकमा पूनः बजेट आउने भएकाले चालु वर्षमा सोही शीर्षकमा खर्च गरिने दाहालले बताए ।

यस्तै चालु आर्थिक वर्ष २०७७र०७८ का लागि नगरले ७५ लाख सिलिङ बजेट तोकेको छ । सो बजेट तथा कार्यक्रम मध्ये कार्यालय संचालन तर्फ १० लाख, शिक्षा तर्फ १० लाख, कृषि कार्यक्रम ११ लाख ५० हजार, स्वास्थ्य कार्यक्रम ४ लाख, खानेपानी तर्फ ३ लाख, पशु लक्षित ३ लाख, विपन्न परिवार शौचालय निर्माण २ लाख, लक्षित वर्ग कार्यक्रम ४ लाख, युवा लक्षित १ लाख, तालिम तथा आयमुलक कार्यक्रम १ लाख, भौतिक पूर्वाधार १७ लाख ५० हजार र मर्मत संम्भार तर्फ ८ लाख रुपैँया विनियोजन गरेको अध्यक्ष दाहालले जानकारी दिए । वडाले चालु वर्षका लागि नगर र प्रदेशसंग ६/६ वटा योजना माग गरेको छ ।

वडाले गत आर्थिक वर्षमा ३ लाख १२ हजार ६२५ रुपैँया राजश्व संकलन गरेको छ । वडामा एकीकृत सम्पती कर, जग्गाको तिरो लगायतका दस्तुर उठाउने व्यवस्था नभएका कारण अन्य विभिन्न सिफारिसहरु मात्रैबाट राजश्व संकलन हुनेगरेको भट्टराईले जानकारी दिनुभयो । वडामा वडा सचिव र कार्यालय सहयोगी मात्रै रहेकाले कार्यसम्पादनमा समेत समस्या हुनेगरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes