हराईरहेका बालक सिमसार क्षेत्रमा मृत फेला - Pahilo Online

हराईरहेका बालक सिमसार क्षेत्रमा मृत फेला

writer

झापा । झापाको भद्रपुर नगरपालिका २ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो २ बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल तामाङको १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका हुन् ।

खेल्न भनी गएका तिनै जना बालक बेलुका सम्म फर्केर नआएकोले खोजतलास गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सोही सिमसार क्षेत्रमा मृत फेला परेका थिए भने अन्य २ जना बालक फेला नपरेपछी आफन्तले प्रहरीमा खबर गरे संगै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले फेला परेका मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी भद्रपुर अस्पताल पठाईको र अन्यको खोजी शुरु गरेको थियो । हराई रहेका अन्य २ जना बालकलाई १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोर सहितको टोलीले आज बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes