सिलिचोङका पहिरो पीडितलाई सहयोग संकलन हुदै - Pahilo Online

सिलिचोङका पहिरो पीडितलाई सहयोग संकलन हुदै

writer

सङ्खुवासभा । संखुवासभाको सिलिचोङका पहिरो पिडितलाई सहयोग जुट्न थालेको छ । गत असार २७ गते रातिको अविरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । पहिरोमा घाइते भएका, मृतकका परिवार र विस्थापित भएकाहरूलाई सहयोग सङ्कलनका लागि यतिबेला विभिन्न सङ्घ–संस्थाहरू जुटेका छन् । बेसिन्दा पहिरोमा ९ घर बगेपछि पहिरोको उच्च जोखिममा परेका सिलिचोङका १ सय ३८ घरपरिवारलाई तत्कालका लागि विभिन्न स्थानमा स्थानान्तरण गरिएको छ ।

बेसिन्दाबाट विस्थापित ८६ घरमध्ये २९ परिवार सिसुवाटारको बुधबारे र ५७ परिवारलाई चित्रेमा राखिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । उनले चेप्चेवाका १८ विस्थापित परिवारलाई सिलिचोङकै पौखमटारमा सारिएको साथै होयङ्ला, चटेक्मा, तिवाटार लगायतका पनि अस्थायी टहरोमा सारिएको बताए । पहिरोमा घाइते भएका, मृतकका परिवार र विस्थापितहरूलाई सहयोग गर्न राजनीतिक दललगायत विभिन्न सङ्घ–संस्थाहरू सहयोग सङ्कलनमा जुटेका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सङ्खुवासभाले नेपाली काङ्ग्रेस प्राकृतिक विपत् राहत कोष सङ्खुवासभा स्थापना गरेर सहयोग सङ्कलन गरिरहेको छ । निरु तामाङ बस्नेतको संयोजकत्वमा बनेको समितिको राहत कोषमा हालसम्म ५ लाख बढी राहत सङ्कलन भइसकेको बताइएको छ । यसअघि पीडित परिवारका लागि ६८ हजार मूल्य बराबरको विद्युत् सामग्री सहयोग गरिसकिएको र राहत कोषमा सङ्कलित रकम विस्थापित परिवार पुनस्र्थापनाका लागि सहयोग गरिने नेपाली काङ्ग्रेस प्राकृतिक विपत् राहत कोष समितिका संयोजक निरु तामाङ बस्नेतले जानकारी दिइन् ।

त्यस्तै सिलिचोङ गाउँपालिका समन्वय समिति काठमाडौंले पनि सहयोग सङ्कलन गरिरहेको छ । पहिरो पीडितहरूका लागि भन्दै समितिले हालसम्म ६ लाख बढी रकम सङ्कलन गरेको जनाएको छ । देश विदेशमा रहेका दाताहरूबाट रकम सङ्कलन भइरहेको सिलिचोङ गाउँपालिका समन्वय समिति काठमाडौंका अध्यक्ष संयोगान्त कुलुङले बताए । यसअघि प्रदेश सरकारमार्फत् त्रिपाल, टेण्ट, आवश्यक खाद्यवस्तु लगायतका सामग्री उपलब्ध गराइसकेको छ भने पुनः राहत सामग्री उपलब्ध गराउने प्रदेश सांसद् पूर्णप्रसाद राईले बताए । बेपत्ताहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिए पनि बेपत्ताको शव फेला पार्न सकेको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes