अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि विराट अस्पताल सिल - Pahilo Online

अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि विराट अस्पताल सिल

writer

विराटनगर । विराटनगरको विराट अस्पतालका (विराट नर्सिङ होम) चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।

बुधबार विराटनगर तीनपैनी घर भएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । अस्पतालले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित समेत पहिचान गर्न गाह्रो परेको थियो । अस्पतालको चिकित्सकमा संक्रमण पुष्टि भएको हल्ला चलेपछि विरामी नआउने र अस्पताल सिल गर्नुपर्ने भएकोले विराटको प्रशासनले संक्रमितको पहिचान नै लुकाएको हो ।

बुधबारदेखि प्रहरीले संक्रमित व्यक्तिको खोजी गर्ने क्रममा अस्पतालकै व्यक्ति संक्रमित भएको बिहीबार पत्ता लगाएको हो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तत्काल सिल गर्नका लागि निर्देशन दिनु भएको थियो ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सुचना टाँस गर्दै अस्पताल अनिश्चितकालका लागि सिल गरिएको जानकारी दिइएका हुन् । अस्पतालका व्यवस्थापनका अमित कुशवाहाले कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको स्वाब संकलन र परीक्षणको तयारी भईरहेको बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes