सहकारी र नगरपालिकाबीच व्यवस्थापनका विषयमा छलफल - Pahilo Online

सहकारी र नगरपालिकाबीच व्यवस्थापनका विषयमा छलफल

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे क्षेत्रमा रहेका सहकारी संस्थाका प्रतिनिधि र नगरपालिकाबीच सहकारी व्यवस्थापनका विषयमा बिहिबार छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सहकारी शाखा प्रमुख केशवदेवी धमला तथा सहकारी संघ संस्थाका प्रतिनिधिबीच छलफल भएको हो ।

जिल्ला सहकारी संघका सदस्य युवराज भट्टराई, योगराज पौडेल तथा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सोमनाथ निरौला, उपाध्यक्ष वीनादेवी राई, सचिव एकराज निरौला, सहकारी कर्मचारी संगठन नगर अध्यक्ष गणेशकुमार राई सहितका नगरका सहकारी संस्थाका प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए । नगरले नयाँ सहकारी दर्ता तथा सूचीकृत गर्ने सूचना प्रवाह गरेको र त्यस विषयमा प्रतिनिधिमुलक अर्काे छलफलले टुंगोमा पुर्याउने निर्णय भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes