पोखरीमा डुबेर मृत्यु भएका ३ बालको परिवारलाई १० लाख दिने सम्झौता - Pahilo Online

पोखरीमा डुबेर मृत्यु भएका ३ बालको परिवारलाई १० लाख दिने सम्झौता

writer

भद्रपुर । भद्रपुर नगरपालिका–२ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु तीनजना बालकको मृत्यु भउको छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । बालकहरुको मृत्युपछि परिवारले कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीका कारण दुर्घटना भएको भन्दै उचित न्यायसँगै राहतको माग राखेका थिए।

भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको लामो छलफलपछि बिहीबार पाँच बुँदे लिखित सम्झौता भएको थियो। सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्ने, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनका लागि निर्माण स्थलमा सुरक्षाको व्यवस्था गर्ने, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज गर्ने र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहत लगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ।

सम्झौता पत्रमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका–९ का वडा सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गरेका छन्। कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँका अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes