२४ घण्टामा १४७ जनामा कोरोनामा संक्रमण, एक जनाको मृत्यु - Pahilo Online

२४ घण्टामा १४७ जनामा कोरोनामा संक्रमण, एक जनाको मृत्यु

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ । बिहीबार काठमाण्डौमा पाँच, भक्तपुर र ललितपुरका दुईरदुई जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म १२ हजार आठ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक सय ५६ जना निको भएका हुन् । बिहीबार कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes