काठमाण्डौ । बुधबार एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ । देशका विभिन्न २८ वटा प्रयोगशालाबाट तीन हजार सात सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । जसमा एक सय जनामा पोजेटिभ देखिएको छ । अहिले सङ्क्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
अहिले विभिन्न अस्पतलाका आइसोलेशनमा पाँच हजार तीन सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा एक सय १९, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७८, वाग्मती प्रदेशमा चार सय २० र गण्डकी प्रदेशमा तीन सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ४५, कर्णाली प्रदेशमा दुई सय ९० र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय २७ जना सङ्क्रमित उपचाररत रहेका छन् ।
बुधबार दुई सय सात जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म १२ हजार ६ सय ८४ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएकोमा प्रदेश नम्बर १ मा सात सय ५२, प्रदेश नम्बर २ मा दुई हजार आठ सय ३५, वाग्मती प्रदेशमा चार सय ५६ र गण्डकी प्रदेशमा एक हजार २४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ४८, कर्णाली प्रदेशमा एक हजार पाँच सय ६७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय दुई जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।
२० हजार आठ सय ४२ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर १ मा दुई हजार पाँच सय ५८, प्रदेश नम्बर २ मा दुई हजार तीन सय ९७, वाग्मती प्रदेशमा एक हजार चार सय ८४ र गण्डकी प्रदेशमा तीन हजार तीन सय नौ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार दुई सय २४, कर्णाली प्रदेशमा एक हजार तीन सय आठ र सुदूरपश्चिम प्रदेशमा ६ हजार पाँच सय ६२ जना क्वरेण्टीनमा रहेका छन् । बुधबार एक जना चिनियाँ नागरिकसहित थप दुई जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ४२ पुगेको छ ।



