बाढीमा फसेका दुई जनाको सकुशल उद्धार - Pahilo Online

बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

writer

ईलाम । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका ५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ । सोमवार राती साँढे ७ बजेको समयमा माई खोला नजिक रहेको आफ्नो गोठबाट घर तर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलाम, ईलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोष्ट बिप्लाटेबाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले राती १० बजे सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes