प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ - Pahilo Online

प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

writer

विराटनगर । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन ।

उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हिजो साझ साढे ६ बजे साईकलमा रहेका भारतिय नागरिक अनवरलाई विराटनगर १५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।

यसै गरी बिराटनगर १६ स्थितमा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes