धनकुटामा किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण - Pahilo Online

धनकुटामा किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण

writer

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरेको हो। छवटा वडा रहेको गाउँपालिकाका सबै वडामा कृषक समूह बनाई शतप्रतिशत अनुदानमा आँप, लिचि, अनार, कागती, सुन्तला र एभोकाडोका गरी ५१ हजार ७५५ वटा विरुवा वितरण गरिएको हो। जसमा आँपका एक हजार ५५०, लिचीका चार हजार ५००, अनारका दुई हजार, कागतीका १६ हजार २१०, सुन्तलाका तीन हजार र एभोकाडोका २४ हजार ४९५ वटा विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए।

उनका अनुसार विरुवाका साथै फुडूप्रे, पाइप, माटो खन्ने मेसिन पनि वितरण गरिएको छ। संघीय सरकारबाट ५० लाख बजेट आए पनि ६२ लाख २५ रुपैयाँ खर्च भएको अध्यक्ष लिम्बूको भनाइ छ। किसानलाई विरुवा वितरण गर्दा विरुवा रोप्न तयारी अवस्थामा खाल्डो खनेको हुनुपर्ने, मलखाद र सिचाइका लागि पोखरी तयारी भएको हुनुपर्ने मापदण्ड तय गरिएको थियो। गाउँपालिकाको प्राविधिक टोलिले मापदण्डको अनुगमन गरेर सिफारिस गरेका कृषक समूहलाई विरुवा वितरण गरिएको हो। परम्परागत खेतीसँगै किसानलाई फलफूलतर्फ आकर्षित गर्ने योजनाका साथ विरुवा वितरण गरिएको हो। यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जनाएको छ। यता विरुवा पाएपछि किसानहरु खुसि भएका छन। कृषिलाई अझै उचाइमा पु¥याउन धेरै लगानी आवश्यक रहेको किसान गंगाराम गोम्देनले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes