पछिल्लो २४ घण्टामा देशभर १५६ जना कोरोना सक्रमित थपिए, ५८ जना निको भए - Pahilo Online

पछिल्लो २४ घण्टामा देशभर १५६ जना कोरोना सक्रमित थपिए, ५८ जना निको भए

writer

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ। अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन्। अहिले देशभरीका क्वारेन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन्। नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes