बीपी प्रतिष्ठानको रजिस्ट्रारमा मोहनचन्द्र रेग्मी नियुक्त - Pahilo Online

बीपी प्रतिष्ठानको रजिस्ट्रारमा मोहनचन्द्र रेग्मी नियुक्त

writer

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक वर्षदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रा.डा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका विभागीय प्रमुख पनि हुन् ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार प्रा.डा रेग्मीलाई रजिस्ट्रार पदमा नियुक्त गरेका हुन् । प्रतिष्ठानमा पहिलोपटक चिकित्सा क्षेत्रकै र प्रतिष्ठानभित्रबाटै रजिस्ट्रार नियुक्त भएको हो ।

बाग्लुङको बलेवा पैयुङपाट–१ मा जन्मेका प्रा.डा रेग्मी सन् २०११ मा ताईवानमा यङ गाइनोकोलोजिकल अवार्ड, सन् २०१२ मा जर्मनमा इन्टरनेसनल कन्टिनेन्ट सोसाइटी अवार्ड लगायत पुरस्कार पाउने युवा चिकित्सक हुन् । उनी ‘फिस्टुला–फ्रि नेपाल’का संस्थापक समेत हुन् ।

पछिल्लो समय महिलामा हुने फिस्टुला र आङ खस्ने समस्यामाथि काम गर्दै आएका रेग्मी १८ वर्षदेखि प्रतिष्ठानमा स्त्री तथा प्रसूति विभागमा कार्यरत छन् । सन् २००९ देखि उनले प्रतिष्ठानमा फिस्टुलाको संस्थागत रुपमा निस्शुल्क शल्यक्रिया गराउँदै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes