शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले फुसको छाना हटाउ अभियान अन्तरगत, विपन्न र गत जेठ १२ गते आएको हावाहुरीका कारण क्षती पुगेका परिवारलाई नगरबाट प्राप्त जस्तापाता वितरण गरेको छ । आज शुक्रबार वडाले कार्यालय परिसरबाट जस्तापाता वितरण गरेको हो ।
नगरबाट प्राप्त जस्तापाता जेठ १२ गतेराती आएको हावाहुरीले घरमा क्षती पुगेका तथा विपन्न सहित १८ परिवार र फुसको छाना हटाउ अभियान अन्तरगत ६ परिवार गरी जम्मा २४ घरपरिवारलाई वितरण गरेको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए । वडाध्यक्ष भण्डारीका अनुसार गत चैत १२ गते आएको हावाहुरीले घरै भत्किएर नजिकैको विद्यालयमा शरण लिएका, अन्य हावाहुरी पिडित र विपन्नलाई समेत वडाले सहयोग स्वरुप नगरपालिकाको विपद व्यवस्थापन कोषबाट जस्तापाता दिइएको हो । प्रकृयामा ढिलाई भएका कारण हावाहुरी आएको एक महिना पछि आफुहरुले स्थलगत अनुगमन र प्रहरी सर्जमिन रिपोर्टका आधारमा जस्तापाता वितरण गरेको वडाध्यक्ष भण्डारीले बताए ।
वडा सदस्यहरु खड्ग सुस्लिङ मगर, तुलसादेवी दर्जी, अम्बर बराईली, दिलु मगर, वडा सचिव ललिता लावतीसहित वडाका कर्मचारीको सहयोगमा जस्तापाता वितरण गरिएको हो ।
यसअघि वडाले क्षती भएका घर परिवारलाई प्रथमिकिकरण गरी राहत वितरण गरिएको थियो । जसमा सामान्य क्षती भएकालाई २ हजार रुपैयाँ, आंशिक क्षती भएकालाई ३ हजार रुपैयाँ र पूर्णरुपमा क्षती भएका परिवारलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
हावाहुरीका कारण वडाको कुशलबजार क्षेत्रमा सबैभन्दा बढी क्षती भएको थियो ।
जस्ता पाता वितरण गरिएका नामावली यसप्रकार रहेको छः
हावाहुरीबाट क्षती भएका र विपन्न परिवारहरुः
१. खगेन्द्र तामाङ, २. रिताकुमारी चन्द्रवंशी, ३. कमला श्रेष्ठ, ४. टिकाराम आचार्य, ५. शोभा बस्नेत, ६. निर्मला बुढाथोकी, ७. मोतिलाल दर्जी, ८. हरिकला दर्जी, ९. गिता ठकुरी, १०. ठमेन्द्र श्रेष्ठ, ११.जयबहादुर खड्का, १२. टिकाराम लिम्बू, १३. डम्बरकुमारी राई, १४. प्रताप राई, १५. लोकेन्द्र लावती, १६. पनहाङ लावती, १७ सानुका लिम्बू, १८ हरी बस्नेत ।
फुसको छाना हटाउ अभियान अन्तरगतः
१. कल्पना थापा, २. गोपिमाया राई, ३. रत्नबहादुर राई, ४. डिकमाया अधिकारी, ५. धनबहादुर थापामगर, ६. डिकमाया गिरी ।