सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान बाट २ जना घाइते - Pahilo Online

सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान बाट २ जना घाइते

writer

इनरुवा । सुनसरीमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । बिहीबार राति पौने ९ बजेको समयमा जिल्लाको देवानगञ्ज गाउँपालीका वार्ड नम्बर ३ स्थित देवानगञ्जमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीको नियमित गस्ती अन्तर्गत सर्च अप्रेसनको क्रममा गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच गोली हानाहान हुँदा दुईजना घाइते भएका छन् । सुनसरी प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको देवानगञ्ज गाउँपालीका वार्ड नम्बर ३ मा रातीको समयमा शंकास्पद देखिएपछि ४–५ जनाको संख्यामा रहेका युवालाई सर्च गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो ।

हतियार खोसाखोस गर्ने क्रममा एक थान पेस्तोल, केही राउण्ड गोली र २ थान म्यागेजिन समेत बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । दुबै तर्फको फाइरिङ हुँदा करिब १०–१२ राउण्ड गोली चलेको प्रहरीको भनाई छ ।

दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए । पक्राउ पर्नेहरूमा राजेश र पिन्टु भन्ने व्यक्ति रहेका छन् । उनीहरु दुबैलाई खुट्टामा गोली लागेको छ ।

दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ । उनीहरू साथै रहेका अन्य भने दशगजा क्षेत्र हुँदै फरार भएको एसपी थापाले जानकारी दिए । घटनास्थलबाट प्रहरीले दुई थान मोटरसाइकल समेत बरामद गरेको छ भने यसबारे थप अनुसन्धान थालिएको सुनसरी प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes