पहिरोमा बेपत्ता ११ जना अझै भेटिएन, पीडितलाई सुरक्षित ठाउँमा सारियो - Pahilo Online

पहिरोमा बेपत्ता ११ जना अझै भेटिएन, पीडितलाई सुरक्षित ठाउँमा सारियो

writer

संखुवासभा । सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दा गाउँमा आएको पहिरोमा वेपत्ता ११ जना अझै भेटिएको छैन । गाउँमा पहिरोले जोखिम बढेपछि पहिरो पीडितलाई चित्रेबाट बुधबारे बजारमा ल्याइएको छ। असार २८ राति आएको पहिरोले बेसिन्दा गाउँका ७३ घर परिवार विस्थापित भएका थिए। पहिरोले बेसिन्दाका गाउँको जमिन चिराचिरा बनाएको छ। त्यहाँका ७३ घर परिवारका ३४९ जनाभन्दा बढी रहेका छन्। बेसिन्दामाथिको चित्रे डाडाँमा समेत जोखिम बढेपछि बुधबारे सारिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए। चित्रेका बस्दै आएका ७३ घर परिवारमध्ये बिहीबार २७ घर परिवारका ११० जनालाई बुधबारे सरिएको छ। जोखिम समेत कम भएकाले बिस्थापितहरुलाई बुधबारे सारिएको अध्यक्ष कुलुङले बताए। बुधबारेमा सेनाले अस्थायी बसोबासका लागि ३० भन्दा बढी टेन्ट बनाएको छ। बराह दल गुल्मबाट खटिएको सेनाले टेन्ट र शौचालय बनाइरहेको छ।

पहिरोका कारण बेसिन्दाका नौ घर बगाएको छ भने ११ जना बेपत्ता बनाएको छ। पहिरोबाट बेपत्ता भइकाहरुको खोजीकार्य चार दिनदेखि जारी छ। बेपत्ताहरुको खोजी कार्यमा प्रहरी १५ जना, सशस्त्र १५ र नेपाली सेना ३० गरी ६० जना सुरक्षाकर्मी र स्थानीयहरु लागिपरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए। पहिरोले बेपत्ता परेका अहिलेसम्म फेला पर्ने नसकेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए।

बेसिन्दाको पहिरोले गोवासिंह राई, राममान राई, जुद्धबहादुर राई (गैरी), जुद्धबहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिमबहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको छ। पहिरोले पाँच घरका ११ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी, छोरीहरु २१ वर्षीया एन्जिीला, ११ वर्षीया नम्रता रहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए। यसैगरी जुद्धबहादुर राई (गैरी)की ६५ वर्षीया श्रीमती गोरीमाया र छोरी २२ वर्षीया प्रकृति पनि सम्र्पकमा छैनन्। अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes