रियल मड्रिडलाई ला लिगाको उपाधि, बार्सिलोना ओसासुनासँग २–१ ले पराजित - Pahilo Online

रियल मड्रिडलाई ला लिगाको उपाधि, बार्सिलोना ओसासुनासँग २–१ ले पराजित

writer

एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।

यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६–१७ को सिजन रियलले उपाधि जितेको थियो ।

अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए । पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।

खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २–१ ले विजयी भयो । यस्तै खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन ।

भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ । बार्सिलोना बिहीबार राति नै ओसासुनासँग २–१ ले पराजित भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes