थप १६७ जनामा कोरोना संक्रमण, १७ हजार ३ सय ४४ संक्रमित - Pahilo Online

थप १६७ जनामा कोरोना संक्रमण, १७ हजार ३ सय ४४ संक्रमित

writer

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सं ११ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । डिस्र्चाज हुनेहरु ६८.८५ प्रतिशत हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ५ सय जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ५६ जना आइसोलेसनमा रहेका छन् । ५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा गरी ५ जिल्ला रहेका छन् । प्रवक्ता गौतमले हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको कम्तीमा एकपटक पिसिआर परिक्षण गराउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes