आज थप ११६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुग्यो - Pahilo Online

आज थप ११६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुग्यो

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

गएको २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ११ हजार २५ पुगेको छ । नेपालमा अहिलेसम्म कुल सङ्क्रमितको ६४ दशमलव २५ प्रतिशत सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ६ हजार एक सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes