खेलकुद क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री शेरधन राई - Pahilo Online

खेलकुद क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री शेरधन राई

८८ जना खेलाडीहरुलाई प्रदेश सरकारको पुरस्कार

writer

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं । तेह«ौ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुको सम्मानमा प्रदेश सरकार प्रदेश नं १ को तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा बुधबार बोल्दै मुख्यमन्त्री राईले यस्तो बताए हुन् ।

खेलाडीहरुले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताए । उनले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताए । खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ । उनले खेलाडीहरुलाई व्यवसायीक ढंगबाट अगाडि बढ्न समेत आग्रह गरे । खेलाडीहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन मुख्यमन्त्री राईले भने । खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नुहुने उनको धारणा थियो ।

 

यसैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशको रुपमा लिनु पर्ने धारणा राखे । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविको पार्जनको माध्यम रुपमा समेत लिनु पर्नै बताए ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप बुधबार प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरुको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुको खेल क्षेत्रमा हौसला बढेको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes