समाजसेवी अरुणद्वारा सरस्वती स्कुललाई मास्क र सेनिटाईजर प्रदान - Pahilo Online

समाजसेवी अरुणद्वारा सरस्वती स्कुललाई मास्क र सेनिटाईजर प्रदान

writer

पथरी शनिश्चरे । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारणले लाखौं मानिसहरुले ज्यान गुमाईसकेका छ्न।कोरोनाको संम्भावित जोखिमबाट बच्न मास्क र सेनिटाईजर प्रयोग गर्नु निकै आवश्यक रहेको छ।

यहि कुरालाई मध्यनजर गर्दै सोमबार पथरीशनिश्चरे नगरपालिका-०१ निवासी सामाजिक अभियान्ता अरुण राईले कानेपोखरी गाउँपालिका-६ मा स्थापित सरस्वती आधारभूत बिद्यालयलाई मास्क र सेनिटाईजर प्रदान गरेका छ्न। बर्षौदेखि विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै आएका अरण राईले २०० थान मास्क र १ लिटर सेनिटाईजर स्कुललाई हस्तान्तरण गरेका हुन।

२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको गुणस्तर सुधार र भौतिक पूर्वाधार स्तरोन्नति गर्न भूतपुर्व विद्यार्थी,शिक्षकहरू संगसगै बिद्यालयसंग सम्बन्धित व्यक्तीहरु लागि परेपछि अहिले स्कुलको मुहार परिवर्तन भएको छ। हाल १ देखि ५ सम्म अध्यापन गराईरहेको स्कुलले यस शैक्षिकसत्रदेखि १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमबाट र आगामी सत्रमा ४ र ५ लाई पनि अङ्ग्रेजी पद्धतिमा लाने स्कुल व्यवस्थापन समितिका अध्यक्ष विबेक लिम्बुले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes