संखुवासभा पहिरोमा फसेकाको उद्धार तथा खोजी कार्यमा खटिएका राईको मृत्यु - Pahilo Online

संखुवासभा पहिरोमा फसेकाको उद्धार तथा खोजी कार्यमा खटिएका राईको मृत्यु

writer

विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेकाको उद्धार तथा वेपत्ताकाृ उद्धार कार्यमा खटिने क्रममा बेहोस भएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सुचना समन्वय शाखाले जानकारी दिइएको छ ।

आइतबार बिहान २ बजे झरेको पहिरोमा फसेका ७९ वर्षीय गोवा सिंह राई, निजकी श्रीमती ६० वर्षीया फूलमाया राई, छोरी १४ वर्षीया भिमसरी राई र ५५ वर्षीय भिमबहादुर राईसहित पाँचजनाको उद्धार गरिएको थियो । उहाँहरुमध्ये गोवा सिंह र भिबहादुरको घर पहिरोले पूरै बगाएको हो । पहिरोले घर बगाएपनि अर्का स्थानीय जुद्धबहादुर राई गोठमा गएका कारण जोगिएका थिए ।

पहिरोमा परेर गोवासिंहको बाँया हात र बायाँ टाउकोमा ढुंगाले गहिरो चोट लागेकोले अवस्था गम्भीर रहेको जनाइएको छ । फूलमाया र भिमसरी र भिमबहादुर सामान्य घाइते छन् । यसैगरी वेपत्ता हुनेहरुमा राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई र छोरीहरु २१ वर्षीया उन्जीला राई र ११ वर्षीया नम्रता राई हालसम्म छन् । प्रदेश प्रहरीका अनुसार २१ वर्षीया एन्जीला राई गर्भवती थिइन् ।

स्थानीय जुद्धबहादुर राई गोठमा गएको बेला आएको पहिरोले निजको श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृति राई वेपत्ता छन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) सहित उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई वेपत्ता छन् । स्थानीय ७० वर्षीया नजमाया राई समेत वेपत्ता रहेको प्रहरीले जानकारी दिइएको छ ।

यसैगरी ८४ वर्षीय हर्कराज र श्रीमती ८२ की आइतमाया राई वेपत्ता रहेका र सन्दीप राई तथा सुभधन राई अहिलेसम्म सम्पर्कमा नभएको प्रहरीले बताएको छ । वेपत्ता भएकाहरुको सबैको घर पहिरोले पूरै बगाएको छ । घटनास्थलमा ताम्कु र सिसुवाटार प्रहरी चौकीको टोलि ११ बजे पुगेर उद्धारको काममा खटिएको छ । यसैगरी सिलिचोङका स्वास्थ्य प्रमुख दिपेन्द्र राईसहित दुईजनाको टोलि समेत घटनास्थलमा पुगिसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes