पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेको २ जनामा कोरोना पोजेटिभ - Pahilo Online

पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेको २ जनामा कोरोना पोजेटिभ

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ । पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार राईले बताए ।

आइतबार पोजिटिभ रिपोर्ट आएका दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि सिधै नगरको क्वारेन्टिनमा बस्दै आएका थिए । प्रदेशस्थित कोभिड प्रयोगशाला विराटनगरको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रदेशकै कोभिड अस्पतालमा पठाउने प्रक्रिया अघि बढाइएको छ । नगर प्रमुख राईले कोरोना भाइरस लाग्नबाट बच्नका लागि थप सहजकता अपनाउन नगरवासीलाई अनुरोध समेत गर्नुभएको छ ।

हालसम्म नगरको क्वारेन्टिनमा २ सय ३१ पुरुष र ५७ महिला गरी २ सय ८८ जना बसेकोमा २ सय ४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भइसकेको छ । जसमध्ये कोरोना नदेखिएका २ सय ४५ जना घर फर्किसकेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । नगरमा २ सय ६६ जनामा कोरोनाको आरडीटी समेत परीक्षण गरिएकोमा सो परीक्षणमा भनें कसैमा पनि कोरोना नदेखिएको पनि उनले बताए । यसअघि नगरमा भारतबाट आएका एक पुरुषमा कोरोना देखिएको भएपनि उनी कोरोनामुक्त भइसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes