रमाइलो जेसिसद्वारा तरकारीका बीउ बिजन वितरण - Pahilo Online

रमाइलो जेसिसद्वारा तरकारीका बीउ बिजन वितरण

writer

कानेपोखरी । रमाइलो जेसिसले सय बढी कृषकहरुलाई विभिन्न प्रकारका तरकारीका बीउ बिजन वितरण गरेको छ । शनिबार कानेपोखरी गाउँपालिका ६ को सरस्वती आधारभूत बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि काक्रा, भेन्डी, मुला, करेला, लौका लगायतका बिउ बिजन वितरण गरेको हो।

रमाइलो जेसिसका अध्यक्ष सुमन अधिकारीको जन्मदिनको विशेष अवसरपारी सो कार्यक्रमको आयोजना भएको हो। सोही अवसरमा उनले सरस्वती स्कुललाई ६,००० रकम सहयोग गर्दैजन्मदिन विशेष भएको र आगामी दिनमा पनि यसखाले उदाहरणीय सहयोग निरन्तर गर्ने बताए ।

सोही अवसरमा जेसिसका उपाध्यक्ष भानु फुयाल र सदस्य ऋषिकेस लम्सालले १–१ थान फ्यान वितरण गरेका छन् । कार्यक्रममा बोल्दै रमाईलो जेसिसका महासचिव सन्तोष फुयालले कानेपोखरी गाउँपालिकालाई कृषिमा अग्रसर बनाउने उद्देश्यका साथ तरकारीका बीउ प्रदान गरिएको बताए साथै बिद्यालयको सम्पुर्ण पक्षको बिकासका लागि रमाईलो जेसिस सधैं तयार रहेकोपनि जानकारी दिए।

स्कुलका प्रधानाध्यापक चन्द्र मगरले बिगतमा भएको गल्ती स्विकार्दै आगामी दिनहरुमा विद्यार्थीको शैक्षिक गुणस्तरमा कुनै कन्जुस्याइँ नगर्ने बताउदै सम्पूर्ण जेसिसलाई धन्यवाद दिए। कार्यक्रममा जेसिसका सम्पुर्ण पदाधिकारी, स्कुलका शिक्षकहरु, पुर्वबिद्यार्थीहरु र अभिभावकको पनि बाक्लो उपस्थिति रहेको थियो।

२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको गुणस्तर सुधार र भौतिक पूर्वाधार स्तरोन्नति गर्न भूतपुर्व विद्यार्थीहरू संगसगै बिद्यालयसंग सम्बन्धित व्यक्तीहरु लागि परेपछि अहिले स्कुलको मुहार परिवर्तन भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes