खाँदबारी अस्पतालमा डेंगु परीक्षण गर्ने किट अभाव, सेवाग्राही मारमा - Pahilo Online

खाँदबारी अस्पतालमा डेंगु परीक्षण गर्ने किट अभाव, सेवाग्राही मारमा

writer

संखुवासभा । जिल्ला अस्पताल खाँदबारीमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ। अस्पतालमा किट अभाव भएपछि सेवाग्राही मारमा परेका छन्। डेंगु परीक्षण गर्नु परे निजी अस्पताल जानु पर्ने बाध्यता भएको छ। जिल्ला अस्पतालमा किट अभाव देखिएपछि माग गरिएको र एक सातापछि अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताए। चार दिनअघि अस्पतालमा परीक्षण गर्न आएकी ४१ वर्षीया महिलाको डेंगु परीक्षण गर्न पनि तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालबाट किट खरिद गर्नुपरेको थियो। ती महिलामा परीक्षण गर्दा डेंगु पुष्टि भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes