काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ ।
हालसम्म २ लाख ६६ हजार ४ सय ५७ वटा पीसीआर परीक्षण भएका छन् । हाल २५ हजार ४० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म ३५ जनाको मृत्यु भएको छ । हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।