सुनसरीे । सुनसरीको धरान उपमहानगरपालिका १४ बिजयपुरमा बुधबार बिहान पौने १० बजे आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट हुँदा अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट भएको तथा उक्त आगलागी धरान उप महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।