चोरीको मोटरसाइकल सहित मानिस पक्राउ - Pahilo Online

चोरीको मोटरसाइकल सहित मानिस पक्राउ

writer

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका २ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको भनी जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १० का २० बर्षीय निमा तामाङ, बेलबारी नगरपालिका २ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes