भारततीयलाई नागरिकता र राहदानी दिने अधिकृत पुर्पक्षका लागि थुनामा - Pahilo Online

भारततीयलाई नागरिकता र राहदानी दिने अधिकृत पुर्पक्षका लागि थुनामा

writer

झापा । झुटो विवरण पेस गरी एक भारतीय नागरिकलाई नागरिकता र राहदानी दिने अधिकृत सुरेश आचार्यलाई जिल्ला अदालत झापाले सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत आचार्यले मुस्ताफ आलमलाई झुटो विवरण पेस गरी २०७२ मंसिर १० गते नेपाली नागरिकता बनाइदिएको आरोप छ ।

अदालतले गत मंसिर २ मा उनीविरुद्ध वारेन्ट जारी गरेको थियो । महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले शनिबार उनलाई गठ्ठाघरबाट पक्राउ गरेको थियो । आइतबार झापा ल्याइएका उनलाई त्यसैदिन अदालतमा पेस गरिएको थियो । सोमबार उनलाई अदालतले कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले जनाए ।

उनलाई नेपाली नागरिकता ऐन २०६३ को दफा २१ को उपदफा (३) वमोजिम एक वर्षदेखि ५ वर्षसम्म जेल र बीस हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles