वडा कार्यालयद्वारा हावाहुरी पिडितलाई राहत - Pahilo Online

वडा कार्यालयद्वारा हावाहुरी पिडितलाई राहत

writer

पहिलो अनलाइन

शनिश्चरे । गत जेठ १२ गते आएको हावाहुरीका कारण क्षती पुगेका मोरङको पथरीशनिश्चरे–४ का ३३ घर परिवारलाई वडा कार्यालयले राहत प्रदान गरेको छ ।
जेठ १२ गतेराती आएको हावाहुरीले घरको छाना उडाउनुको साथै घरै भत्किएर नजिकैको विद्यालयमा शरण लिएका र अन्य पिडितलाई समेत वडाले सहयोग स्वरुप नगद प्रदान गरेको हो । हावाहुरी आएको एक महिना वितिसक्दा पनि नगरपालिकाको विपद व्यवस्थापन कोषबाट राहत स्वरुप जस्तापाता दिने भनिएपनि प्रकृयामा ढिलाई भएका कारण आफुहरुले स्थलगत अनुगमन र प्रहरी सर्जमिन रिपोर्टका आधारमा राहत वितरण गरेको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बताए ।
जसमा क्षती भएका घर परिवारलाई प्रथमिकिकरण गरी राहत वितरण गरिएको वडाध्यक्ष भण्डारीले जनाए । उनका अनुसार सामान्य क्षती भएकालाई २ हजार रुपैयाँ, आंशिक क्षती भएकालाई ३ हजार रुपैयाँ र पूर्णरुपमा क्षती भएका परिवारलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
राहत वितरण कार्यक्रममा वडा सदस्यहरु खड्ग सुस्लिङ, तुलसादेवी दर्जी, अम्बर बराइली, दिलु मगर र वडा सचिव ललिता लावतीलगायतको उपस्थिति रहेको थियो ।
हावाहुरीका कारण वडाको कुशलबजार क्षेत्रमा सबैभन्दा बढी क्षती भएको थियो ।
वडाको राहत संगै नगरपालिकाबाट प्रदान गरिने जस्तापाता पनि चाँडै प्रकृया मिलाएर वितरण गरिने वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles