संखुवासभा । संखुवासभा खाँदबारी ८ का १७ बर्षीय युवराज कटुवालको डुबेर मृत्यु भएको छ । आइतबार साढे ३ बजे खाँदबारी बेतिनी २ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटवालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।