नगरपालिकाद्वारा अनमोलमणि साप्ताहिक र संचारकर्मि दिनेश सुब्बालाई पुरस्कार - Pahilo Online

नगरपालिकाद्वारा अनमोलमणि साप्ताहिक र संचारकर्मि दिनेश सुब्बालाई पुरस्कार

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर सञ्चार क्षेत्रमा योगदान दिदै आएको एक सञ्चार संस्था र एकजना पत्रकारलाई पथरीशनिश्चरे पुरस्कार प्रदान गरेको छ ।

०६४ सालदेखि प्रकाशित अनमोलमणिलाई नगद २५ हजार सहित ‘उत्कृष्ठ सञ्चार माध्यम पुरस्कार २०७७’ प्रदान गरिएको छ । त्यस्तै, हाल ब्लाष्ट टाइम्स र निगारानी टाइम्समा आबद्ध ०६५ सालदेखि पत्रकारितामा क्रियाशील दिनेश सुब्बालाई १५ हजार नगद सहित ‘उत्कृष्ठ पत्रकारीता पुरस्कार २०७७’ प्रदान गरिएको हो ।

प्रदेश १ का सांसद कृष्णकुमारी राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिग्रामक काफ्ले सहितले अनमोलमणिका प्रकाशक सन्तोष राई र ब्लाष्ट टाइम्सका पत्रकार दिनेश सुब्बालाई नगद सहित प्रशंसापत्र प्रदान गरेका थिए । नगरपालिकाको सहयोग र मिडिया प्रवद्र्धन समितिको समन्वयमा प्रदेश भिजन प्रालिले पुरस्कार वितरण सहित ‘पत्रकार आचारसंहिता, नयाँ प्रविधिको विकास र त्यसको प्रयोग सम्बन्धी १ दिने तालिम तथा लेखनबृत्ती र पुरस्कार वितरण कार्यक्रम’ आयोजना गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes