१ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रहरी कार्यालयलाई मोटरसाईकल तथा स्कुटर हस्तान्तरण - Pahilo Online

१ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रहरी कार्यालयलाई मोटरसाईकल तथा स्कुटर हस्तान्तरण

writer

बिराटनगर । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ । १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको प्राङगणमा आज बिहान एक कार्यक्रमको आयोजना गरी आन्तरीक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गरेका हुन् ।

चावी हस्तानतरण कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको बताएका थिए। हरेक प्रहरी युनिटमा सवारी साधन पु¥याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी निती रहेको हुँदा सवारी साधन उपलब्ध गराईएको बताए।

मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टि.भी.एस. कम्पनीको १६० सि.सी.को अपाचे मोटरसाईकल ९० थान, बजाज कम्पनीको १५० सि.सि.को पल्सर मोटरसाईकल ८० थान र यमाहा कम्पनीको १२५ सि.सी.को यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो । यसैगरी ट्राफिक ब्यबस्थापनमा सहजताका लागी मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई समेत १० थान मोटरसाईकल हस्तान्तरण गरेको थियो ।

चावी हस्तानतरण कार्यक्रममा सवारी साधनको चावी ग्रहण गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले प्रदेश सरकारलाई हार्दिक धन्यवाद दिनुका साथै उपलव्ध सवारी साधनले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गरेको र उपलब्ध सवारी साधनहरु तल्लो स्तर सम्मका हरेक प्रहरी कार्यालयहरुमा बितरण गरिने तथा प्राप्त सवारी साधनले प्रहरीको काम कारवाहीमा सहजता प्रदान गरी चुस्त दुरुस्त हुनेमा आफु बिश्वस्त रहेको बताएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles