अंधेरी खोलामा पुल निर्माण गर्ने ठेकेदार मिँयाको फटाइँ - Pahilo Online

अंधेरी खोलामा पुल निर्माण गर्ने ठेकेदार मिँयाको फटाइँ

writer

सुनसरी । निर्माण कम्पनी मृत संजीवनी एचके विल्डर्स जेभिका ठेकेदार हसबुल मियाले दिएको चेक बाउन्स भएको छ । धरान उपमहानगरको वडा ५ र ६ को वीचमा पर्ने अंधेरी खोलाको पुल निर्माणमा सम्लग्न कामदारलाई राष्ट्रिय बाणिज्य बैंकको चेकमार्फत पारिश्रमिकको रकम दिएपनि चेक साट्न जादा बाउन्स भएको हो ।

भौतिक योजना मन्त्रालयको ७ करोढ ५० लाख रुपैयामा लागतमा चार बर्षअघिदेखि पुल निर्माण सुरु भएपनि हाल चार पिल्लरमात्र बनाएका ठेकेदार मियाले दिएको चेक बाउन्स भएपछि वित्तीय ठगीको मुद्धा आकर्षित हुने भएको छ । निर्माणाधीन अंधेरी खोलाको पुल नजिकै घर भएका स्थानीय प्रेमकुमार राइले भने, ‘हसबुल मियाले पुल बनाउन थालेपछि स्थानीय उपभोक्ता पनि भएको नाताले ट्याक्टर मार्फत गिटि बालुवा र ढुंगा आपुर्तीमा सहयोग गरेका थियौं । तर उनले ढुंगा गिटि बालुवा आपुर्ती गरेवापतको रक ५५ हजार रुपैया दिन आनाकानी गरे । लगातार ताकेता गरेपछि दिएको चेक नै बाउन्स भयो ।’

मियाले असार ४ गते एउटा ५ हजार रुपैयाको र अर्को ५० हजार रुपैयाको राष्ट्रिय बाणिज्य बैंकको चेक राईलाई दिएको थियो । राईसंगै धरान–५ देउराली बस्ने डिल्लु कट्टवाललाई दिएको चेक पनि बाउन्स भएको छ । पुल निर्माण गर्ने ठेकेदार मिया फ्रड भएको बल्ल थाहा भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes