प्रदेश १ को छुट्टाछुट्टै स्थानमा दुर्घटनाबाट ४ जनाको मृत्यु - Pahilo Online

प्रदेश १ को छुट्टाछुट्टै स्थानमा दुर्घटनाबाट ४ जनाको मृत्यु

writer

तेह्रथुम, सुनसरी । तेह्रथुम आठराई गाउँपालिका ५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका ५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन । शनिबार बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडा बाट सुकेपोखरी तर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको छ ।

यसै गरी शुक्रबार अपरान्ह साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका २ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार रहेका ५५ बर्षीय शिवु महत्तोको मृत्यु भएको छ । यस्तै ईटहरी ७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार साझँ साढे ५ बजे ईटहरी १७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा शुक्रबार साझँ सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes