कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो, मृत्यु हुनेको सङ्ख्या ३१ जना - Pahilo Online

कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो, मृत्यु हुनेको सङ्ख्या ३१ जना

writer

काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बिहीबार एक सय नौ जना महिला र तीन सय ६४ पुरुष गरी कुल चार सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुग्दा एक हजार आठ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन् ।

अहिलेसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा तीन हजार नौ सय नौ जना, वाग्मती प्रदेशमा पाँच सय पाँच जना, गण्डकी प्रदेशमा एक हजार ८४ जना, प्रदेश ५ मा तीन हजार आठ सय ५३, कर्णाली प्रदेशमा एक हजार पाँच सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँच सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै अहिलेसम्म दुई लाख ३७ हजार सात सय ६४ जनाको पीसीआर परीक्षण भएको छ । देशभर रहेका विभिन्न क्वरेण्टीनमा ३८ हजार एक सय नौ जना रहेका छन् । यस्तै आइसोलेशनमा १० हजार एक सय ३७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes