
पथरीशनिश्चरे । कुशे हङकङ समाजले पथरीशनिश्चरे ९ निवासी सर्जहाङ सावा लिम्बुलाई आर्थिक सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका लिम्बुलाई गत मंगलबार वडा नं ९ को वडा कार्यालयमा समाजले पठाएको रकम वडाअध्यक्ष भानुभक्त राईले हस्तान्तरण गरेका थिए।
समाजका सविन योङ्या लिम्बु HK$५०६, सीता योङ्या लिम्बु HK$५०१, राधिका लिम्बु HK$५००, गायीत्रि लिम्बु HK$५००, आश्मा वनेम लिम्बु HK$५००, विजय लिम्बु HK$५००, पर्वत मादेन लिम्बु HK$३०० र टिका देवि लिम्बु HK$२०० गरी जम्मा HK$३५०७ (नेपाली रु.५३,७००) सहयोग गरेका हुन्। आर्थिक सहयोगले लिम्बुपरिवारलाई आर्थिक उपार्जनमा सहयोग पुग्ने दाताहरुले विश्वास लिएका छन्।
